पोखरामा चोरीका स्कुटरसहित ५ युवा पक्राउ

पोखरा । विभिन्न स्थानबाट चोरी भएका स्कुटरहरूसहित पाँच जना युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धानका क्रममा चोरीमा संलग्न चार जनालाई दुईवटा स्कुटरसहित नियन्त्रणमा लिएको जनाएको छ। ती स्कुटरहरू ग९प ८७६१ र ग१५प ५२३७ नम्बरका रहेका छन्।

त्यस्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको अर्को टोलीले ग४प ७६८४ नम्बरको चोरी भएको स्कुटरसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

कास्की प्रहरी प्रवक्ता डीएसपी हरी बहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिहरू यस प्रकार छन् —
१. पोखरा–३३ बस्ने २१ वर्षीय शेरबहादुर पुन मगर
२. पोखरा–५ बस्ने २५ वर्षीय अजय नेपाली
३. पोखरा–१० बस्ने २१ वर्षीय सुशिल गुरुङ
४. पोखरा–११ बस्ने २० वर्षीय सुदिप परियार
५. पोखरा–१३ काँहुँखोला बस्ने २७ वर्षीय रोशन परियार

प्रहरीका अनुसार उनीहरूलाई चोरीमा संलग्न रहेको ठहरसहित थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button