
पोखरा । पोखरा महानगरपालिकाले पूर्व नगर प्रमुख कृष्ण बहादुर थापाको निधनप्रति शोक व्यक्त गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार थापाको सम्मानस्वरूप चैत १ गते आइतबार पोखरा महानगरपालिका र मातहतका सबै कार्यालयहरूमा बिदा दिइएको हो ।
महानगरपालिकाले थापाको असामयिक निधन निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नगरको विकास र समृद्धिमा उनले पुर्याएको योगदानको उच्च प्रशंसा गरेको छ।
महानगरमा स्वास्थ्य संस्था, फोहोरमैला व्यवस्थापनजस्ता अत्यावश्यक सेवा तथा विद्यालयका पूर्वनिर्धारित परीक्षा कार्यक्रम भने नियमित रूपमा सञ्चालन हुने महानगरपालिकाले स्पष्ट पारेको छ।
थापाको हृदयघातका कारण ६६ वर्षकै उमेरमा बिहीबार निधन भएको हो ।





