पोखरामा महावीर पुनमाथि अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १३ बाँझापाटन निवासी ४३ वर्षीय विकास गुरुङ आज महेन्द्रपुल क्षेत्रबाट पक्राउ परेका हुन् ।

फागुन २५ गते पृथ्वीचोकमा पुनसहितको टोलीले “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेका बेला एक अपरिचित व्यक्तिले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरी खोजतलास गर्दा संलग्न रहेको पाइएपछि गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी अभिलेखअनुसार गुरुङ यसअघि पनि तीन पटक लागुऔषधसम्बन्धी मुद्दामा सजाय पाइसकेको खुलेको प्रहरीले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button