फेवातालमा माछा मार्ने क्रममा डुबेर युवकको मृत्यु

पोखरा । पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ ।

माछा मार्ने क्रममा फेवातालमा डुबेर पोखरा ९ नयाँबजारका ३४ वर्षीय शंकर नेपालीको ज्यान गएको हो ।

साँझ करिव साढे ५ बजेको समयमा तालमा डुबेर बेपत्ता भएका नेपालीलाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले करिव ६ बजे अचेत अवस्थामा  उद्दार गरेको थियो ।

फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले उद्दार गरे पश्चात नेपालीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले चेक जाँचका क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गएराती पनि फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकले ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button