पोखरामा गुडिरहेको यात्रुवाहक बसमा अचानक आगलागी

पोखरा । पोखरामा गुडिरहेको यात्रुवाहक बसमा अचानक आगलागी भएको छ । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको ठुलीबिडीमा मंगलबार साँझ ग१ख ९५६२ नम्बरको यात्रुवाहक बसमा आगलागी भएको हो।

बागलुङबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको बसमा आगलागी भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी  हरिबहादुर बस्नेतले जानकारी दिए । प्रहरीले विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको छ।

बसमा आगलागी हुनासाथ चालक र सहचालकले सवारी रोकी स्थानीयको सहयोगमा यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए। बसमा सवार  ४० जना  यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास गरिए पनि आगो तीव्र रूपमा फैलिँदा बस पूर्ण रूपमा जलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button