मालपोत कास्कीले भन्यो- जग्गा रोक्का र राजिनामा पारित गर्न बाहेक नआउनु

पोखरा। जेन–जी आन्दोलनको लामो समयपछि आंशिक रूपमा सेवा सञ्चालन गरेको मालपोत कार्यालय कास्कीले कार्यालयमा अनावश्यक भिड बढेको बताएको छ।

कार्यालयका पाँच शाखामध्ये हाल एकबाट मात्र सेवा दिइएको भन्दै कार्यालयले जग्गा रोक्का, राजिनामा पारित जस्ता लेखापढी प्रकृतिका कामबाहेक अन्य कामको लागि कार्यालय नआउन आग्रह गरेको छ ।

भूमि रेकर्ड सूचना व्यवस्थापन प्रणाली (LRIMS System) मा रहेका डेटा सुरक्षित रहेको उल्लेख गर्दै कार्यालयले पूर्ण रुपमा सेवा सुचारु गर्न केही समय लाग्ने जनाएको छ।

कार्यालयले सेवाग्राहीलाई केही समय धैर्य गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button