
पोखरा । पोखराको फेवातालमा डुबेर एक बालकको मृत्यु भएको छ ।
पोखरा -१८ खपौदी निवासी १० वर्षीय आरेस लामाको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
सशस्त्र प्रहरी बल कालिका गणका अनुसार शुक्रबार बिहान करिव सवा ११ बजे तालमा डुबेका लामालाई उद्धार गरि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएकोमा दिउँसो सवा १२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटना लगतै सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमाण्डमा ७ जनाको गोताखोरसहितको टोलीले १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालेको थियो। अचेत अवस्थामै अस्पताल लगिएका उनलाई उपचारका क्रममा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।





