कास्कीमा पूर्वस्वीकृति लिएर मात्र कार्यक्रम गर्न प्रशासनको अनुरोध

पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले  सार्वजनिक स्थलमा कार्यक्रम आयोजना गर्नुअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने जनाएको छ।

कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै कार्यक्रमको दौरान शान्ति सुव्यवस्था कायम गर्नको लागि सुरक्षा माग गर्नु अघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिन भनेको हो  ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सभा, मेला, प्रदर्शन, सांस्कृतिक कार्यक्रम वा अन्य भीडभाड हुने गतिविधि गर्नुअघि सम्बन्धित स्थानीय तहको पूर्वस्वीकृति वा अनुमति नलिई गरेको पाइएकोले अनिवार्य पूर्वस्वीकृति लिएर मात्र त्यस्ता कार्यक्रम गर्न प्रशासनले अनुरोध गरेको छ  ।

स्वीकृति लिनका लागि आयोजकले कार्यक्रमको नाम, स्थल, मिति, समय, अवधी, सम्पर्क व्यक्तिको विवरण, कार्यक्रम स्वीकृति पत्र, संस्था दर्ताका कागजात र सुरक्षा व्यवस्थासम्बन्धी जानकारीसहित निवेदन पेश गर्नुपर्ने प्रशासनले जनाएको छ।

कार्यक्रममा क्रममा शान्ति सुव्यवस्था कायम गर्न सहज होस भनेर सार्वजनिक स्थलमा कार्यक्रम सञ्चालन गर्दा कानुनी प्रक्रिया पालना गर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button