कारागारबाट भागेकालाई धमाधम पक्रँदै कास्की प्रहरी

फरारमध्ये ८१ जना पुनः पक्राउ

पोखरा । असोज २४ गते भएको आन्दोलन, तोडफोड र आगजनीका क्रममा कास्की कारागारबाट फरार भएका कैदीमध्ये ८१ जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फरार कैदीहरूलाई विभिन्न स्थानमा खोजतलास तथा पक्राउ अभियान सञ्चालन गरी पक्राउ गरिएको हो।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कारागार प्रशासनले असोज २० गते भित्र कारागार फर्किन दिएको समय सिमा सकिएसंगै  कास्की प्रहरी र मातहतका इकाईहरूले संयुक्त रूपमा फरार कैदी खोजी अभियान तीव्र पारेका थिए। हाल पक्राउ परेकाहरु सहकारी ठगी र बैंकिङ कसुर बाहेका विभिन्न मुद्धाका कैदीहरू रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी, हरीबहादुर वस्नेतका अनुसार पक्राउ परेकामध्ये करणीसम्बन्धी मुद्दाका १६ जना, लागुऔषध मुद्दाका १६ जना, चोरी मुद्दाका २५ जना र कर्तव्य ज्यान मुद्दाका ८ जना रहेका छन् । त्यसैगरी ज्यान मार्ने उद्योगका ९ जना, अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अंगभंग मुद्दाका १ जना, कुटपिटबाट अंगभंग मुद्दाका १ जना र मानव बेचबिखन मुद्दाका १ जना पक्राउ परेको डीएसपी वस्नेतले जानकारी दिए  ।

प्रहरीले बाँकी फरार कैदीहरूको खोजी कार्य अझै जारी रहेको जनाएको छ। स्थानीयवासीको सहयोगमा खोजी अभियानलाई थप प्रभावकारी बनाइएको डीएसपी वस्नेतको भनाई छ।

कारागार प्रशासनले २३४ जना फरार रहेको भन्दै  फरार सुची सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button