
पोखरा । धारिलो हतियार देखाई विदेशी पर्यटकमाथि अभद्र व्यवहार गरेको आरोपमा पोखरामा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।
कास्की प्रहरीले पोखरा -२२ अनदुमा ६७ वर्षीय आन्स पिटर मार्टिन नामक विदेशी नागरिकलाई धारिलो हतियार देखाई अभद्र व्यवहार गर्ने माछापुच्छ्रे गाउँपालिका–८ बस्ने २४ वर्षीय नविन बिक र तनहुँ व्यास -५ का बस्ने २१ वर्षीय विशाल दर्लामीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूबाट प्रयोग गरिएको धारिलो हतियार (खुकुरी) समेत बरामद गरेको छ।
पक्राउ परेका दुबैजनामाथि १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





