पोखरामा पर्यटकलाई हतियार देखाउने २ जना पक्राउ

पोखरा । धारिलो हतियार देखाई विदेशी पर्यटकमाथि अभद्र व्यवहार गरेको आरोपमा पोखरामा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

कास्की प्रहरीले पोखरा -२२ अनदुमा ६७ वर्षीय आन्स पिटर मार्टिन नामक विदेशी नागरिकलाई धारिलो हतियार देखाई अभद्र व्यवहार गर्ने माछापुच्छ्रे गाउँपालिका–८ बस्ने २४ वर्षीय नविन बिक र तनहुँ व्यास -५ का बस्ने २१ वर्षीय विशाल दर्लामीलाई पक्राउ गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रहरीले उनीहरूबाट प्रयोग गरिएको धारिलो हतियार (खुकुरी) समेत बरामद गरेको छ।

पक्राउ परेका दुबैजनामाथि १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button