
पोखरा, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका विभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्न सहज बनाउने उद्देश्यले सम्पर्क कार्यालयहरू सञ्चालनमा ल्याइएको रास्वपा कास्की–२ को सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार केन्द्र ,प्रदेश ,जिल्ला र क्षेत्रका नेता तथा कार्यकर्ताहरूको सहभागितामा पोखरा ८ आलुमाइला चोक र पोखरा–३३ मा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो ।
कार्यक्रममा उम्मेदवार उत्तम पौडेलले कास्की क्षेत्र नम्बर २ को समग्र विकासमा जनताको सहभागिता र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुने बताउँदै कास्की–२ का मतदातासँग परिवर्तनका लागि साथ दिन आग्रह गरेका छन् ।
उम्मेदवार पौडेलले क्षेत्र नम्बर २ का जनतासँग छलफल,अन्तरक्रिया र सुझाव संकलन निरन्तर भैरहेको बताउदै स्थानीय जनताको उपयुक्त सुझावको अपेक्षा आफूले राखेको बताए ।





