काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) कारण थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा आज बिहान मृत्यु भएका ३५ वर्षीय पुरुषको पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका जनस्वास्थ्य शाखा प्रमुख नवराज कडेलले जनाएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।