पोखरामा पहिलो पटक भजन तथा प्रतियोगिता मूल्यांकनसम्बन्धी तालिम हुने

पोखरा । राष्ट्रिय लोक तथा भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले पहिलो पटक भजन तथा प्रतियोगिता मूल्यांकनसम्बन्धी तालिम आयोजना गरेको छ । तालिम यही वैशाख २८ र २९ गते दुई दिन हुनेछ ।

तालिममा ३३ जिल्लाका प्रतिनिधि, गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधि, केन्द्रीय समितिका पदाधिकारीसहित करिब ८० जना सहभागी हुने अध्यक्ष वसन्त बास्तोलाले जानकारी दिए ।

तालिम न्यूरोडस्थित रोयल प्यालेस पोखराको सभाहलमा हुनेछ । तालिममा सहभागीलाई लोक सम्राट प्राज्ञ प्रजापति पराजुली, वरिष्ठ लोक तथा भजन गायक पुरुषोत्तम न्यौपाने, संस्कृतिविद् डा. तुलसी प्रभास खनाल, वरिष्ठ भजन गायक नारायण लेकाली खनाल र अधिवक्ता दुर्गाप्रसाद कोइरालाले प्रशिक्षण दिने समिति महासचिव लेखनाथ तिवारीले जानकारी दिए ।

भजन प्रतियोगिताको मूल्यमांकन गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको कोषाध्यक्ष नारायण प्रसाद सिग्देलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button