पाकिस्तान। पाकिस्तान स्टक एक्सचेञ्ज भवनमा आतंककारी समूहले हमला गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान भवनको प्रवेशद्वारमा ग्रीनेड प्रहार गरेर छिरेका बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई प्रहरी सहित कम्तीमा ५ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार ३-४ जनाको समुहमा आएका आंतककारी सबै प्रहरी कारवाहीमा मारिएका छन् ।
घटनाको विस्तृत विवरण आइनसकेको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ । स्टक भवन उच्च सुरक्षा जोनमा भएको र कैयौं निजी बैंकको प्रमुख कार्यालयसमेत सोही भवनमा रहेका थिए ।