पोखरा न्यूज । गण्डकी प्रदेशमा पोखरा महानगरका ११ सहित ८७ जना कोरोना संक्रमित थपिएका छन ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका ११, मादी गाउँपालिकाका २, लमजुङ १, म्याग्दीका १, पर्वतका ८, स्याङजाका २, तनहुँका २, गोरखाका १, नवलपुरका ५८ गरी आइतवार दिउसो ८७ जना कोरोना संक्रमित थपिएका हुन ।
कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगर वडा नं १ का १ पुरुष, ८ की १ महिला, ९ का १ पुरुष तथा २ महिला, १२ का १ पुरुष, १४ का १ पुरुष तथा १ महिला, १७ की १ महिला र वडा नखुलेका १ पुरुष तथा १ महिला, कास्कीको मादी गाउँपालिकाका वडा नखुलेका १ महिला तथा १ पुरुष रहेका छन ।
त्यसै गरी लमजुङ राइनास ४ का २ महिला, म्याग्दी पालिका नखुलेकी १ महिला, पर्वत कुश्मा वडा नखुलेका ७ पुरुष तथा १ महिला, स्याङजा पालिका नखुलेका २ पुरुष, तनहुँ पालिका नखुलेका २ पुरुष, गोरखा जिल्ला गोरखा नगरपालिका १३ का १ पुरुष, नवलपुर देवचुली वडा नखुलेका २० जना पुरुष, गैडाकोट २ का ३ पुरुष तथा २ महिला, ११ का १ पुरुष, १३ की १ महिला, १७ का १ पुरुष, गैडाकोट वडा नखुलेका ८ पुरुष तथा ११ महिला, नवलपुर विनयत्रिवेणी ४ का १ पुरुष, देवचुली १७ की १ महिला, कावासोती २ का १ पुरुष, ३ का १ पुरुष, ५ का २ पुरुष, ८ का १ पुरुष तथा १ महिला र १५ का १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या ९ हजार १ सय ५८ पुगेको छ ।