वीरेन्द्र सापकोटा । आज मितिः २०७७-पौष-२९, बुधबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको १३, २०२१, पौष कृष्ण पक्ष, सम्वत्सरः प्रमादी ।
तिथिः औँसी घ.प.: ८ः४२(१०ः२७), नक्षत्रः उ.षा. घ.प.५८ः१०, योगः हर्षण, करणः किस्तुघ्नः, आनन्दादी योग : वज्र
चन्द्रमाः धनु, सूर्यः धनु, अयनः दक्षिण
सूर्योदयः ६ः५८
सूर्यास्तः १७ः२८
आजको राशिफलः
मेष. तपाईको लागि आजको दिन ठिकै रहेको छ । आफन्तले सहयोग मिल्नेछ भने नयाँ-नयाँ मित्रताको हात बढाउने समय रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ भने मन खुसी रहनेछ ।
वृष. आज तपाईले गरेका काममा कुरा काट्नेछन् । नयाँ कार्यको थालनी नगर्नु नै बुद्धिमानी ठहरिनेछ । सवारी दुर्घटनाको सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आउन सक्ने योग रहेको छ । धेरै नबोल्नु नै उत्तम हुनेछ ।
मिथुन. मानसम्मान प्राप्त हुने दिन रहेको छ । गरेको काममा सफलता प्राप्ति हुनेछ । नयाँ-नयाँ कार्यको थालनी हुनेछ । आफन्तले सहयोग गर्दा मन प्रफुल्ल हुनेछ । समग्रमा आजको दिनमा सन्तोष प्राप्त हुनेछ ।
कर्कट. आजको दिनमा गरेका कार्यमा व्यवधान आउने सम्भावना रहेको छ । मान सम्मानमा आँच पुग्ने सम्भावना रहेको छ । आलस्यताका हुनुका साथै पढाइमा मन जाने देखिदैन । मन भने स्थीर रहदैन ।
सिंह. आज तपाईको लागि राम्रो रहेको छ । आफन्त तथा इष्टमित्रको सहयोगबाट नै अधुरा कामहरु बन्नेछन् । मनमा हौसला बढ्ने देखिन्छ । बोलिमा प्रभाव बढ्नेछ । नयाँ कार्य थालनी गर्दा राम्रो हुने देखिन्छ ।
कन्या. तपाईको लागि आज त्यति राम्रो देखिदैन । गरेका काममा चनाखो नभएको खण्डमा बिगार्दिने सम्भावना रहेको छ । आफन्तबाटै धोकाको सम्भावना रहेकोले सतर्क हुनु नै बेश देखिन्छ । अध्ययनमा मन जानेछ ।
तुला. तपाईको आजको दिन उत्कृष्ट रहेको छ । मान सम्मान पाउने योग देखिन्छ भने मिष्ठान्न भोजनको सम्भावना पनि उत्तिकै रहेको छ । रमाइलो यात्राको अवसर आउनेछ । आँटेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।
वृश्चिक. तपाइको दिन मध्यम रहेको छ । अधुरा काम कारबाहीले सुचारु हुने मौका पाउनेछ । स्वास्थ्यमा क्रमिक सुधार आउनेछ । घटेको मान प्राप्त गर्ने सुयोग रहेको छ । काम गर्दा विचार गर्नुभयो भने दिन सन्तोषपूर्वक बित्नेछ ।
धनु. तपाईको आजको दिन राम्रो रहेको छ । नयाँ-नयाँ कार्यमा हात हाल्ने योग रहेको छ जसबाट सफलता पनि मिल्नेछ । रमाइलो यात्राको सम्भावना रहँदा मन प्रसन्न हुनेछ मानसम्मानका साथै मिष्टान्न भोजनको योग रहेको छ ।
मकर. आजको दिन सतर्कपूर्वक बिताउनुपर्ने देखिन्छ । नयाँ काममा हात नहालेकै बेस हुनेछ । आर्थिक क्षेत्रमा नोक्सानीको सम्भावना भएकाले होसियारी अपनाउनुपर्ने देखिन्छ । मनमा अशान्तिको मात्र बढेर जानेछ ।
कुम्भ. आज तपाईले गरेको काममा सफलता मिल्नेछ भने परिवारमा सुख तथा शान्ति प्राप्तिको योग रहेको छ । बोलीमा प्रभाव बढ्दा आर्थिक कारोबारमा सफलता मिल्ने देखिन्छ । सुखपूर्वक नै दिन व्यतित हुनेछ ।
मीन. तपाईको लागि आजको दिन राम्रो रहेको छ । पारिवारिक सम्बन्धमा प्रगाढ स्नेह तथा पुनर्मिलनको पनि सम्भावना रहेको देखिन्छ । सामाजिक, राजनैतिक तथा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।