पोखरा न्यूज । नेपालमा शनिबार थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप २ हजार ७ सय ९४ जनाको पीसीआर गरिएकोमा जम्मा ९९ जनामा नतिजा पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ४८ निको भएसँगै निको हुनेको कुल संख्या दुई लाख ६७ हजार ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।