मनिला । फिलिपिन्सका एक ११ वर्षीय किशोर घन्टौँसम्म फ्रिजभित्र बसेर पहिरोबाट बच्न सफल भएका छन् ।
न्यूयोर्क पोस्टका अनुसार बेबे शहरमा सीजे जस्मे नाम गरेका ती किशोर आफ्नो परिवारसँग घरमा बसेका थिए ।
त्यही बेला ठूलो माटोको पहिरोले उनीहरूको घर पुरेको थियो ।
पहिरोले घर पुर्न थालेपछि ११ वर्षीय ती किशोर तत्काल फ्रिजभित्र पसेका थिए ।
आँधीबाट बच्न उनी २० घन्टा फ्रिजभित्र बिताएका थिए ।
नदीको किनारमा रेफ्रिजरेटर देखेपछि अन्ततः उद्धार टोली त्यहाँ पुगेको थियो ।
टोलीले किशोरलाई तत्काल उद्दार गरेको थियो ।
उनीहरूले टुटेको फ्रिजलाई हिलोबाट बाहिर निकालेर किशोरलाई निकालेका थिए ।
‘मलाई भोक लागेको छ’ उद्दारपछि ती किशोरले भनेका थिए ।
उनको खुटा भाँचिएको छ । बच्चाको अवस्था स्थिर छ ।
बाढीमा किशोरकी आमा र दुई दाजुभाई अझै बेपत्ता छन् ।
मेगी आँधीपछि आएको अबिरल वर्षापछिको बाढीका कारण लेयते प्रान्तमा दर्जनौँको मृत्यु भएको छ भने अझै केही हराइरहेका छन् ।