बर्ड फ्लु पछी पोखरामा कुखुराको कारोवार ठप्प, ६ करोड मुल्य बराबरको कारोवारमा प्रभाव

पोखरा-

पोखरामा अघिल्ला दुई वटा शनिबार लगातार बर्ड फ्लु भेटिएसंगै हाल पोखरामा कुखुराको कारोवार प्रायः ठप्प भएको छ । पोखरामा अघिल्लो साता दुई स्थानमा वर्ड फ्लु भेटिए पछि विगत ५ दीन देखि पोखरामा पंक्षी र पंक्षीजन्य बस्तुहरुको विक्री वितरणमा प्रतिवन्ध लगायसंगै पोखरामा कुखुराको कारोवार ठप्प भएको हो ।

पोखरामा विगत ५ दीन देखि कुखुराको कारोवार ठप्प हुदा करिब ६ करोड मुल्य बराबरको कुखुराको कारोवारमा प्रभाव परेको कास्की खसि तथा कुखुरा मासु व्यवसायी समितिका अध्यक्ष भोलानाथ ओझाले बताए । उनका अनुसार पोखरामा बर्ड फ्लु भित्रिएकोले गर्दा हाल कुखुरा व्यवसायिहरु प्रत्यक्ष आर्थिक भारमा परेका छन । पोखरा सहित कास्कीमा दैनिक जसो ४० देखि ५० हजार किलोग्राम कुखुराको मासु खपत हुने भए पनि यही फागुन २१ गते देखि कुखुराको मासु बिक्री वितरणमा रोक लगाइएकोले गर्दा हाल दैनिक जसो कुखुराको एक करोड २० लाख भन्दा बढीको आर्थिक कारोवार ठप्प हुदै आएको उनले बताए। पछिल्लो समयमा पोखरामा कुखुराको मासु अभाव भएकोले गर्दा छिमेकी जिल्ला सहित बाहिरी जिल्लाबाट करिब ४० प्रतिशत जसो मासु भित्रिदै आएको उनले बताए ।

व्यवसायिहरुले फागुन २५ गतेसम्म बर्ड फ्लु नियन्त्रण गर्ने अभियानमा सहयोग पुराउने भन्दै फागुन २१ गते देखि कुखुरा सहित पंक्षिहरु ओसार पोसार तथा बिक्री वितरण गर्न नपाउने गरी निर्देशन जारी गरेको थियो । फागुन २५ गते बुधबार सार्वजनीक विदा परेकोले फागुन २६ गते विहिबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी सहितको व्यवसायि तथा जिल्ला पशुसेवा कार्यालय बिच बैठक बस्ने तयारी भएको छ । यदि बैठकले पोखरामा पंक्षी तथा पं्रक्षिजन्य बस्तुको बिक्री वितरण गर्ने निर्णय गरेको खण्डमा मात्र कुखुरा सहितका पंक्षीहरुको बिक्री वितरण हुने छ । अन्यथा पोखराका अन्य ठाँउमा बर्ड फ्लु नभेटिए फागुन ३० गते मात्र बिक्री वितरण गर्न सकिने भएको छ । कार्यालयले यही फाुन ३० गतेसम्म १ बडा देखि अर्काे वडामा पंक्षीर पंक्षीजन्य बस्तु ओसार पोसारमा रोक लगाएकोछ ।
संक्रमण फैलिन नदिन टोलीले हाल दैनिक जसो सो क्षेत्रमा अनुगमन तथा संक्रमण क्षेत्रमा चुना छर्कीने काम समेत गर्दै आएकोे जिल्ला पशु सेवा कार्यालय कास्कीका सुचना अधिकृत ठगेन्द्र अर्यालले जनाए । उनका अनुसार पोखराका अन्य ठँन्उमा हालसम्म बर्ड फ्लु देखिएको छैन । ७० डिग्रीको तापक्रमा मासु पकाएर खाएमा बर्ड फ्लु भएपनि बर्ड फ्लुको किटाणु नष्ट हुने चिकित्सकहरुले बताउदै आएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button