कारागारबाट फरार कैदी पोखरामा मृत भेटिए

पोखरा । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका एक कैदीबन्दी आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।

पोखरा महानगरपालिका-२६, बराल डाँडाका ५५ वर्षीय देवबहादुर विश्वकर्मा सोमबार बिहान घरभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विश्वकर्माले आफ्नै कान्छी श्रीमतीको हत्या प्रकरणमा अदालतबाट २५ वर्ष कैद सजाय पाएका थिए। साढे ४ वर्ष कैद भुक्तान गरेका उनी आन्दोलनको दिन अन्य कैदीबन्दीसँगै कास्की कारागारबाट भागेका थिए ।

उनकी जेठी श्रीमती र छोराछोरी भएको भनिए पनि घटनाको समयमा भने एक्लै रहेको पाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार विश्वकर्माको शव घरको एक तले कोठाभित्र प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतको भनाई छ।

शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button