पोखरामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण

स्थायी समाधान छिट्टै आउने महानगरको दाबी

पोखरा, २४ माघ ।  पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी कार्य निरन्तर रूपमा भइरहेको जनाएको छ। महानगरका अनुसार विभिन्न सम्भावित स्थानहरूको अध्ययन र अवलोकन गरिए पनि विविध कारणले अन्तिम स्थान छनोटमा कठिनाइ उत्पन्न भएको छ। यद्यपि पछिल्लो समय समाधानतर्फ सकारात्मक प्रगति भइरहेको महानगरपालिकाले जनाएको छ।

हाल फोहोर विसर्जनमा देखिएको गतिरोधका कारण नियमित रूपमा फोहोर उठाउन समस्या भइरहेको महानगरको भनाइ छ। यद्यपि सहरका मुख्य स्थानहरूबाट संकलित फोहोरलाई वातावरणमा असर नपर्ने गरी व्यवस्थापन गरिएको दाबी गरिएको छ। महानगरपालिकाले घर, उद्योग व्यवसाय तथा अन्य स्थानबाट निस्कने फोहोर मुख्य चोक तथा सडक पेटीमा जथाभाबी फाल्न नहुने भन्दै नागरिकलाई फोहोर संकलन गर्ने सवारीको प्रतीक्षा गर्न आग्रह गरेको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखराको सहरी सौन्दर्य, जनस्वास्थ्य तथा वातावरण संरक्षणमा महानगरपालिका प्रतिबद्ध रहेको बताउँदै वैज्ञानिक र आधुनिक प्रविधिमा आधारित फोहोर व्यवस्थापन प्रणाली विकास गर्न सार्वजनिक–निजी साझेदारी अवधारणामा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ।

फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन राजनीतिक दल, सञ्चारकर्मी, व्यवसायी, नागरिक समाज तथा सम्पूर्ण नगरवासीको सहकार्य आवश्यक रहेको महानगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button