
पोखरा ,२४ माघ । नेकपा एमाले कास्की क्षेत्र न २ ले पोखरामा बृहत कार्यकर्ता भेला आयोजना गरेको छ ।
पोखराको साइमन पार्टी प्यालेसमा भएको भेलामा एमाले कास्की २ का प्रतिनिधि सभाका उम्मेदवार रश्मि आचार्यले सृजनशिल युवाहरूलाइ उत्पादन संग जोड्ने गरेर आफू घर घरमा पुग्ने बताए।
मर्यादित रोजागारीको बाताबरण निर्माण गर्ने नीति निर्माणमा जोड दिने भन्दै आचार्यले योजनाबद्ध दिगो बिकासका लागि जनताको कर जनतासंगैका कार्यक्रममा आफू प्राथमिकतामा राख्ने उल्लेख गरे।
कार्यक्रममा एमाले केन्द्रिय सचिब तथा गण्डकी प्रदेश कमिटीका इन्चार्ज खगराज अधिकारीले रास्ट्र ,राष्ट्रियता, देशको सुरक्षा एमालेको नेतृत्वमा मात्रै संभब हुने उल्लेख गरे।
एमालेका अग्रज नेता एबम कोशी प्रदेशका पूर्ब प्रमुख सोमनाथ अधिकारी प्यासी,एमाले केन्द्रिय सदस्य कृष्ण थापा लगायतले निर्बाचन भाबी रणनीति सम्बन्धमा धारणा राखेका थिए।
एमाले क्षेत्र दुई संयोजक भेषराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बलराम आचार्य र संचालन सचिब झपट रानाभाटले गरेका थिए।





