पोखराको फेवातालमा कार खस्दा एक जनाको मृत्यु

पोखरा ०२, फागुन ।  पोखराको फेवातालमा कार खस्दा एक युवकको ज्यान गएको छ ।

सशस्त्र प्रहरी बल कालिका गणका अनुसार गए राती करिब २ बजे भएको दुर्घटनामा परेर स्याङ्जा फेदीखोला -५ घर भई पोखरा-७ मासबार बस्ने वर्ष २४ का अदित गुरुङले  ज्यान गुमाएका हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरा पामे सडकको गैह्राको चौतारा नजिक कार दुर्घटना भएको खबरपछि कालिका गणका गणपति वसन्त बहादुर सिंहको कमान्डमा गोताखोरसहितको २१ जनाको टोली उद्धारमा खटिएको थियो ।

तालबाट गुरुङलाई अचेत अवस्थामा तालबाट उद्धार गरी अस्पताल पठाएकोमा उपचारको क्रममा करिब साढे ४ बजे  डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तालमा खसेको बीएए १५८२ नम्बरको कारलाई क्रेनको सहायताले घटनास्थलबाट बाहिर निकाली थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button