पोखरा न्युज –
पोखराको सबै भन्दा ठूलो व्यापारिक प्रतिष्ठान पोखरा ट्रेडमलले आयोजना गर्न लागेको “प्रथम पोखरा टेड मल फुटसल कप २०७४” को तयारी पुरा भएको जनाएको छ । शनिवार भदौ १० गते पोखरामा “व्यवसायिकता, आत्मियता र स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ व्यवसायी विच फुटसल प्रतियोगिता आयोजना गरिएको हो । उक्त फुटसल प्रतियोगितामा पोखराका १५ विभिन्न व्यवसायिक संस्थाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
व्यापारिक प्रतिष्ठान विच आपसि सौहाद्र्धता वढाउन र व्यापरिक संघ संस्था विचमा आवश्यक सहयोग तथा व्यापार प्रर्वधनको लागि माहोल बनाउन खेलको माध्यम द्वारा व्यवसायीक प्रर्वधन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको मलका कम्पनी सचिव माधव तिमिल्सीनाले जानकारी दिए ।
पोखराको गणेश टोल स्थित बि फुटसल ऐरिनामा खेलिने प्रतियोगिताको प्रथम हुने टिमलाई नगद ३० हजार र द्वितियलाइ २० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई फुटसल किट, ट्रफी, र प्रमाण पत्र, उत्कृष्ट खेलाडीलाई फुटसल किट, ट्रफी, र प्रमाण पत्र र उत्कृष्ट गोलरक्षकलाई किपर ग्लोभ्स, ट्रफी प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ३ लाअ खर्च लाग्ने कम्पनी सचिव तिमिल्सीनाले जानकारी दिए ।