पोखरा न्युज ।
भारतका उत्कृष्ट हेयर स्टाईलिष्ट स्याविओ जोन परेराले शुक्रबार पोखरामा कला प्रदर्शन गरेका छन। भारत मुम्बईका चर्चीत तथा भारतका सेलब्रेटिहरुको समेत कपाल तथा मेक अप गर्दै आएका परेरा हङकङ ईभेण्ट म्यानेजमेन्टले आयोजना गर्ने सेमिनारमा आफ्नो कला प्रदर्शन गर्दै पोखरेली सौन्दर्यकर्मीहरुलाई उनले कपाल काट्ने विभिन्न सिप सिकाएका हुन।
नेपालमै पहिलो पटक पोखरामा आएका परेराले आधुनिक व्युटि क्षेत्रमा आएको आधुनिक प्रविधि सहितको ज्ञान पोखरा क्षेत्रका सौन्दर्यकर्मीलाई दिलाउने उद्देश्यले पनि आफूहरुले पहिलो पटक भारतकै चर्चित व्युटि एक्सपोर्ट पोखरामा भित्रयाएकोे हङकङ ईभेण्ट म्यानेजमेन्टका संचालक प्रजित गुरुङले बताए ।
पोखराको पाँच तारे होटल ग्राण्डमा सुक्रबार उक्त सेमिनार भएको हो । हङकङ व्युटि इन्स्टिच्यूट अन्तर्गत रहेको हङकङ इभेण्ट म्यानेजमेन्टले आगामी वर्ष भरी व्युटी तथा मेकअप सम्बन्धी जानकारी गराउने उद्देश्यले सेमिनार तथा अन्य स्वास्थ्य सम्बन्धी सचेतना मूलक कार्यक्रम आयोजना गर्ने लक्ष्य राखिएको प्रालिका प्रमुख कार्यकारी निर्देशक वरिष्ठ सौन्दर्यकर्मी मिना गुरुङले बताइन् । उक्त कार्यक्रममा गामा ईन्टरनेश्नलले मुख्य प्रायोजक, भाषिमिनरल मेकअप, क्रायोलोन मेकअप र स्वाजकप सह–प्रायोजक रहेका छन् ।