पोखरा न्युज , २७ माघ ।
पोखरामा शुक्रबार सम्पन्न भएको एशिएन महाद्धिपीय प्याराग्लाइडिङ टुर तथा १८ औं नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिताको उपाधी भारतका अजय शर्माले जितेका छन्। शर्माले २२ देशका ७४ जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधीसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे।
प्रतियोगितामा नेपालका विशाल थापा दोश्रो भए। इरानका सलिन फलाह तेश्रो भए। त्यसैगरी, महिलातर्फको खुल्ला प्याराग्लाइडिङ प्रतियोगितामा चाइनाकी यू–चिहान प्रथम भइन्। प्रतियोगितामा सिंगापुरकी सु फेङगो दोश्रो र अमेरीकाकी अनिका आरामदन तेश्रो भइन्।
टिम ईभेण्टमा भने नेपाल च्याम्पियन बन्न सफल भएको छ। इरानको समूह दोश्रा हँुदा नेपालले तेश्रो स्थानमा आउन सफल भयो। प्रतियोगितामा स्पोर्ट्स क्लासमा नेपालका शेरबहादुर गुरुङ प्रथम, भारतका पिङकु ठाकुर दोश्रो र नेपालकै अनिश भट्टराई तेश्रो भए।
विजयी खेलाडीहरुको टोलीलाई प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुवंर, प्रदेश सांसदहरु राजिव पहारी, दिपक कोइराला, विन्दुकुमार थापा, पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुली लगायतले पुरस्कार वितरण गरे। कार्यक्रममा लामो समयदेखि प्याराग्लाइडिङको उद्धारमा सक्रिय रुपमा लाग्दै आएका भद्र आलेलाई सम्मान गरिएको नाका बरिष्ठ उपाध्यक्ष सोबित बानियाले बताए।
प्रतियोगिताको दोश्रो र तेश्रो दिनमा प्रतिकूल मौसमको कारण खेल रद्ध भएको थियो। माघ २१ गतेदेखि पोखरामा संचालन भएको उक्त टुरसहितको प्रतियोगितामा २२ देशका ७५ जना प्रतियोगीले सहभागिता जनाएको प्रतियोगिताका संयोजक ईन्द्रप्रसाद भण्डारीले बताए। भण्डारीकाअनुसार प्रतियोगितामा ६ जना महिला सहभागी थिए। नेपालका भने २० जना मात्र प्रतियोगीहरुको सहभागिता रहेको प्राविधिक संयोजक विमल अधिकारीले बताए।
पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगत १७ बर्षदेखि हवाई खेलकुद संस्था (ना) ले प्याराग्लाइडिङ प्रतियोगिता गर्दै आउने क्रममा दुई बर्षसम्म पोखरामा प्रि–वल्र्डकप समेत गरि सकेको छ। यस बर्ष प्राविधिक कारणले वल्र्ड कप गर्न नसकेपछि एशिएन महाद्धिपीय प्याराग्लाइडिङ टुर संचालन गरेको ना का अध्यक्ष योगेश भट्टराईले बताए।
ना सहित नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ तथा नेपाल प्याराग्लाइडिङ पाइलट क्लवको संयुक्त आयोजनामा संचालन भएको नाका महासचिव बसन्तराज दवाडीले बताए।