पोखरा न्युज – ०२ फागुन ।
महाशिवरात्रीको अवसरमा लमजुङको करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा रातभर उभिएर जाग्राम बसेर ठाडो बत्ती बाल्न पुगेका भक्तजनहरु । सन्तानेश्वर महादेवको रुपमा लिइने इशानेश्वर मन्दिरमा ठाडो बत्ती (रातभर उभिएर) बाल्नसके सन्तान प्राप्ती हुन्छ भन्ने जन विश्वास छ ।
तस्वीर : सन्देश पौडेल, रासस, लमजुङ