डीएनबी, पोखरा न्यूज – ७, जेठ ।
पोखराको पर्यटकीय स्थल फेवाताल संरक्षण विपरित उच्च अदाल पोखरा लागेको स्थानियले आरोप लगाएका छन। पर्खाल लगाउने नाममा उच्च अदालत पोखराले लापरवाही गर्दै फेवातालमा सिधै माटो जाने गरी फिर्केखोलामा जथभावी माटो थुपारे पछि स्थानियले उच्च अदालतले फेवाताल संरक्षण विपरित काम गरेको आरोप लगाएका हुन ।
फिर्केखोला हुँदै फेवातालमा मिसीने गरेको खोलामा जथाभावी रुपमा उच्च अदालले माटो खनेर खोलामा थुपार्दा उक्त माटो सिधै फेवातालमा मिसिने गरेको स्थानियले गुनासो गरेका हुन। उक्त माटो तत्काल हटाउन स्थानियले जनप्रतिनिधी र महानगरपालीकालाई गुहारे पछि मौखिक सहमति भएको ४ दिन वितिसक्दा पनि उक्त माटो फिर्के खोलामै रहेको छ ।
उच्च अदालत पोखराले करिब एक साता अघि देखि फिर्केखोला हुदै बगेको खोला किनारामा पर्खाल लगाउने भन्दै जथाभावी माटो खनेर सोहि खोलामा थुपारेको छ । बर्खायामको समय शुरु भएको र हिजोआज दैनिक जसो पानी परेको हुनाले उक्त क्षेत्रको माटो सिधै फेवातालमा मिसिदा समेत सरोकारवाला निकाय मौन रहेको स्थानियले गुनासो गरेका हुन। नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले सर्वोच्च अदालतले फेवाताल संरक्षण गर्न दिएको दिर्नेशन विपरित उच्च अदालतले काम गरेको आरोप लगाए । आफुहरुले उच्च अदालतलाई फेवातालमा माटो मिसिने गरी भएको उक्त काम तत्काल रोक्न आग्रह गरेको संयोजक पौडेलले बताए ।
स्थलगत अवलोकन गरी पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारी र वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र बराल सहितको टोलीले उच्च अदालत समक्ष वडाहरुलाइ कुनै जानकारी नगराईकन भएको उक्त कार्य भएकोमा बिरोध जनाए पछि उच्च अदालतले माटोलाई फेवातालमा सिधै जाने काम रोक्ने भनि मौखिक सहमतिको ४ दिन वितिसक्दा पनि हालसम्म कुनै सुनुवाई भएको छैन। त्यसो त पोखरा लेखनाथ महानगरपालिका फेवाताल संरक्षण आयोजना प्रमुख ई. महेन्द्र गोदारले उच्च अदालतले फेवाताल संरक्षणमा असर पार्ने गरी काम गरेकोले उक्त काम तत्काल रोकेको बताए । तर उनले उक्त काम रोकेको बताए पनि हाल पर्खाल लगाउने काम भएको छ भने फिर्केखोला किनारामा खनिएको माटोको थुप्रो खोलामै जथाधावी रुपमा रहीरहेको छ ।
उच्च अदातल पोखराका रजिष्टार रामेश्वर रेग्मीले आफुहरुले रिटेलिङ वाल निमार्णको क्रममा केहि माटो फिर्केखोला बग्ने ठाँउमा भए पनि त्यसलाई ब्याबस्थापन गर्न ठेक्दारलाई जिम्मा दिएको बताए । उनले भने “३/४ दिन देखि हामीले पार्खाल लगाउने कामको लागि फिर्केखोला किनारामा पर्खाल लगाउन माटो खनेका हौ, उक्त माटोलाई हामीले ब्याबस्थापन गछौं । ” पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले उच्च अदालतले फेवाताल संरक्षणमा असर पर्ने गरी फिर्के खोलामा डोजर लगायर जथाभावी माटो फाल्नु गलत गरेको बताए ।
फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले फेवाताल किनाराबाट ६५ मिटर कायम गरी फेवाताल संरक्षणमा उच्चस्तरिय समतिले दिएको प्रतिवेदनको आधारमा लागु गर्न दिएको निर्देशन विपरित केहि व्यक्ति तथा संघ संस्थाहरुले फेवातालको क्षेत्र हड्प्ने गरेका छन ।
अझै पनि केहि फोहोर सहितको बस्तु फेवातालमा मिसिने गरेकोमा त्यसलाई कसैले रोक्न सकेका छैनन।