पोखरा न्यूज –०२, जेठ । भोजपुर सदरमुकामस्थित पोखरेमा आज आगलागी हुँदा रु ५२ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी बखतबहादुर श्रेष्ठको घरबाट आगलागी शुरु भएको हो ।
आगलागीबाट श्रेष्ठको किराना पसल, नगद रु पाँच तथा सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य दुई घरमा समेत क्षति पुगेको छ ।
साँघुरोबाटोको कारण नगरपालिकाको दमकल जान नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले आगो निभाएका थिए ।