दीननाथ बराल, पोखरा न्यूज-०८ पुष । पोखरामा इन्द्रेणी सांस्कृतिक कार्यक्रमलाई ५ लाख सहयोग संकलन भएको छ ।
पोखराको इन्द्रचोकमा रहेको फेमिली होमियो पेथिक हस्पिटल तथा इन्द्र मार्ग आमा समुहले मंंगलबार हस्पिटल परिसरमै इन्द्रेणी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
गायक कृष्ण कडेलसहितको टोलीले हस्पिटल परिसरमा प्रस्तुतः गरेको सांस्कृतिक कार्यक्रमबाट करिब ५ लाख रुपैया संकलन भएको हस्पिटलका संस्थापक चन्द्रावती गुरुङले बताइन्।
सोहि कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले आार्थिक विपन्न तथा असहायक बर्गका विभिन्न रोगबाट ग्रसित व्यक्तिहरुलाई औषधी उपचारार्थ १५ हजार सहयोग रकम हस्तान्तरण गरेका छन्।
उक्त रकम मध्ये केही रकम आफ्नो हस्पिटलमा उपचार गर्दै गरेका बिरामीहरुको लागि समेत सहयोग प्राप्त भएको संस्थापक गुरुङ जनाइन् । सांस्कृतिक कार्यक्रम मार्फत संकलन भएको रकम विपन्न तथा असहायक बर्गका लागि हुने हुँदा आफुहरुलाई निकै खुशी लागेको हस्पिटलका संस्थापक अम्मरदेवि गुरुङले जनाइन ।