अनेरास्ववियुको रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन

पोखरा,९ मंसिर-
अनेरास्ववियु त्रिवि जिल्ला कमिटी कास्कीले पृथ्वीनारायण क्याम्पसमा बुधवार आयोजना गरेको रक्तदान कार्यक्रम ७० युनिट रगत संकलन भएको छ । अनेरास्ववियु महेन्द्र मोरङ्ग क्याम्पसका तत्कालिन नेता तथा स्ववियु सभापति फडिन्द्रराज तिमिल्सिनाको ३४ औं स्मृति दिवसको अवसरमा कमिटीले रक्तदान कार्यक्रम गरेको थियो ।

२८ औं पटक रक्तदान गरेका मोहन अधिकारीलाई प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवं गण्डकी अञ्चलका सह—इन्चार्ज मायानाथ अधिकारीले व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको सुभारम्भ गरेका थिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले भारतीय नाकाबन्दीका कारण देशमा अत्यावश्यक वस्तुहरुको अभाव भईरहेको वेलामा अस्पतालमा पनि देखिएको रगतको अभावलाई कम गर्न रक्तदान कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दामोदर वैरागी, विद्यार्थी इन्चार्ज अर्जुन सुनाम, मनकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

कमिटी अध्यक्ष विवेक देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अमृत ढकालले गरेको कुरा जिल्ला कमिटी सदस्य निशा पन्थीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button