पोखरामा कक्षा १२ को प्रश्नपत्र आउट गर्ने नारायण र रामचन्द्र बास्तोला पक्राउ

पोखरा । पोखरामा कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ११ फूलबारीका ३९ बर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोला छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार आइतबार बिहान ९ बजे उनीहरुले फूलबारीस्थित शिवशक्ति माविमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट गरेका थिए ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजार र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले बास्तोलाद्वयलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका आठ थान र मोबाइल फोन तीन थान बरामद भएको डीएसपी शर्माले बताए ।

पक्राउ परेका बास्तोलाद्वयबिरुद्ध शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा कास्की जिल्ला अदालतबाट हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान सुरु गरि कारवाही प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button