भूकम्पमा परि मृत्यु भएकाहरुको आत्मको चिर शान्तिको कामना गर्दै विभिन्न धर्मावलम्बीबाट सामुहिक रुपमा पुजा

पोखरा, १२ बैशाख –

गत वैशाख १२ गते आजकै दिनमा नेपालमा आएको विनाशकारी भूकम्पमा परी मृत्यु भएकाहरुको आत्मको चिर शान्तिको कामना सहित घाईते हुनेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित आईतबार पोखरामा शान्ति पूजा गरीएको छ । पोखरा पर्यटन पूर्नजागरण समिति (पिटिआरसी) को आयोजना तथा स्थानीयको समन्वयमा पोखरा–२५, पुम्दी भुम्दीको अनदुडाँडामा रहेको विश्व शान्ति स्तुपामा विभिन्न जातिका धर्मालम्बीबाट भूकम्पमा परी मृत्यु हुनेहरुको चिर शान्तिको कामना सहित घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सामुहिक रुपमा आईतबार शान्ति पूजा भएको हो ।

हिन्दु, बौद्ध, क्रिश्चियन, मुस्लिम, ओम शान्ति लगायतका धर्मालम्बीहरुले एकै मञ्चमा भेला भई स्वस्ती शान्ति सहित होमन गर्दै आगामी दिनमा यस्ता प्राकृतिक विपद नपरोस भन्दै पूजा गरीएको पिटिआरसीका संयोजक गणेश बहादुर भट्टराईले बताए । आइतबार विहान ११ः ४५ बजे देखि ११ः५६ बजेसम्म सामुहिक रुपमा पूजा एवं होमन गर्दै सामुहीक प्रार्थना समेत भएको भट्टराईले बताए । प्राकृतिक विपदलाई सम्झेर मात्र नभई अब भोलिका दिनमा कसरी अघि बढ्न सकिन्छ भन्ने आत्म वल लियर अघि बढ्न उनले सम्पुर्णमा आग्रह गर्दै भूकम्पबाट प्रभावितहरुको बर्षाद अगाडी व्याबस्थापन गर्न सरकार समक्ष आग्रह समेत गरे । धार्मिक, सांस्कृतिक सदभावको खाँचो भएकोले प्रकृतिको संरक्षणको लागि पनि विभिन्न जातजातिहरुको सामुहिक रुपमा शान्तिपूजा आयोजना गरीएको संयोजक भट्टराईले बताए ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर प्रसाद कोईरालाले भूकम्पबाट प्रभावितहरुको लागि रहात र उद्धारमा निजी क्षेत्रले गरेको सहयोगको प्रंशम्सा गर्दै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गरे । उनले भूकम्पमा परी मृत्यु हुनेहरुको चिर शान्तिको कामना गर्देै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे । पोखराको पर्यटकीय स्थल शान्ति स्तुपामा भएको शान्ति पूजाले विश्व सामु सकरात्मक सन्देस पुगेको स्थानीय राजु क्षेत्रिले बताए । कार्यक्रममा सहभागिहरुलाई प्रसाद वितरण गरीएको थियो । पोखरा पर्यटन परिषदका महासचिव रामु गौतमले शान्ति स्तुपाः केहि बर्ष अघि देखि जोमिमा परेकोले उक्त स्तुपाः मर्मतको लागि आईबतार उक्त कार्यक्रमको अवसरमा २ लाख रुपैया भन्दा बढी रकम संकलन भएको बताए । पर्यटन व्यवसायी तथा पिटिआरसीका संयोजक गणेश बहादुर भट्टराईबाट ५१ हजार १ सय ५५ रुपैया सहयोग गरेका छन । त्यसै गरी पर्यटन व्यवसायी तथा समाजसेवि नरेस भट्टराई र पर्यटन व्यवसायी दोर्जे लामाबाट जनहि ५१ हजार १ सय ५५ रुपैया आर्थिक सहयोग गरेका छन । रेवान पोखराका अध्यक्ष गोपि बहादुर भट्टराई र पर्यटन व्यवसायी गेहेन्द्र बहादुर भट्टराईले जनहि २५ हजारका दरले आर्थिक सहयोग गरेका हुन । उक्त रकम शान्ति स्तुपाः व्याबस्थापन समितिका अध्यक्ष प्रकाशमान गुभाजुलाई हस्तान्तरण गरेका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button