पोखरा , १५ बैशाख –
अनेरास्ववियु पोखरा ईन्जिनियरिङ कलेजको आयोजनामा भएको भेलाले अखिल फोर्स गठन गरेको छ । अनेरास्ववियु पोखरा ईन्जिनियरिङ कलेजका संयोजक सुदर्शन अधिकारीको संयोजकतामा सम्पन भएको भेलाले अध्यक्ष सुदिप शर्मा, उपाध्यक्षमा सुवास बानिया, सचिवमा नवीन कूवर, कोषाध्यक्षमा सिर्जना थापा लगायत २९ सदस्यीय अखिल फोर्स गठन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका जिल्ला सदस्य तथा युवा संघका केन्द्रीय सदस्य दर्शन लामाले प्राबिधिक क्षेत्रका विद्यार्थी घर बनाउनेतर्फ, पुल बनाउनेतर्फ मात्र नभई देश बनाउन लाग्नुपर्ने बताउनु भयो । उहाँले कापी कलम बोक्ने बिद्यार्थीलाई हतियार बोक्न लगाउनेहरु लाई पाखा लगाउन अखिल फोर्स आवश्यक भएको समेत बताउनुभयो ।
कार्यक्रममा युवा संघ का केन्द्रीय सदस्य पुर्ण लामा, अनेरास्ववियु केन्द्रीय सदस्य भरतमान कोने गुरुङ , आशिर्वाद सुवेदी, युबा संघ जिल्ला उपाध्यक्ष पस बबहादुर बास्तोला, अनेरास्ववियु कास्की अध्यक्ष विवेक देवकोटा, सहसचिव शंकर सैजु, अनेरास्ववियु कास्की भुगोल सचिव राजेन्द्र बसौला, कोषाध्यक्ष सन्तोष अधिकारी , अनेरास्ववियु क्षेत्र २ का अध्यक्ष अशोक केसी, क्षेत्र ३ का अध्यक्ष रोशन भट्टराई, युवा संघ जिल्ला सदस्य कुशल जंग थापा, युवा संघ क्षेत्र २ का सचिव देशभक्त केसी, अनेरास्ववियु पो बि सचीव टिकाराम गिरि लगायतका नेता हरु को उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालक सदस्य सचीव प्रदीप पोखरेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य सह संयोजक प्रदीप शर्माले गर्नु भयको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution