बाल यौन दुराचारको आरोपमा पक्राउ

रत्ननगर (चितवन), २४ जेठ –

चितवन प्रहरीले बाल यौन दुराचार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पश्चिम चितवनको नारायणी नगरपालिका–१० मा बस्ने ५३ वर्षीया हिमलाल सुनारलाई यौन दुराचारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । नजिकै गाउँमा रहेको केराघारीमा लगेर १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्न लगाई दुराचार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यही जेठ २२ गते पीडितका आफन्तले प्रहरीलाई किटानी जाहेरी दिएपछि उनलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको हो ।

पीडितका परिवारले निज हिमलालले दुई महिनादेखि पैसाको प्रलोभन र डर त्रास देखाएर पटकपटक जबर्जस्ती गरेको भनी किटानी जाहेरी दिएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button