पशु बिमाबारे जानकारी अभाव

जाजरकोट, २६ जेठ –

जिल्ला सदरमुकाम खलङ्गामा बिमा कार्यालय स्थापना भएपनि किसानले हालसम्म बाली तथा पशु बिमा गरेका छैनन् ।

बिमा सम्बन्धी कुनै जानकारी नपाएपछि किसाानले हालसम्म बाली तथा पशु बिमा नगरेका हुन् । गत चैत महिनामा स्थापना भएको सगरमाथा बिमा कम्पनी लिमिटेडको शाखा कार्यालयमा हालसम्म कुनै पनि बाली तथा पशु बिमा नभएको शाखा कार्यालय प्रमुख चाँगुनारायण विष्टले जानकारी दिनुभयो ।

जोखिम न्यूनीकरण गर्ने प्रावधान रहेका बिमा कम्पनीप्रति सर्वसाधारण स्पष्ट हुन नसक्नुले पनि बिमा हुन नसकेको उहाँको भनाइ छ । “बाली तथा पशु बिमाको प्रक्रियाबारे किसानलाई जानकारी हुन सकेको छैन,” उहाँले भन्नुभयो । सगरमाथा बिमा कम्पनी लिमिटेडले कृषिमा बाली र पशु बिमासँगै घर, गाडी, ठेक्का, उद्योग र सामुदायिक दुर्घटना बिमा समेत गरिरहेको छ ।

त्यसैगरी खलङ्गा–पाँचकाटिया मोटरबाटोको सड्क ठेक्का र खानेपानी पाइप ढुवानी ठेक्काको बिमा गरिएको छ । बाली तथा पशु बिमाको ७२ प्रतिशत किस्ता सरकारले र २५ प्रतिशत किसानले नै बिमा कम्पनीलाई बुझाउनुपर्ने प्रावधान छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button