अतिक्रमण हटाउन बल प्रयोग

पोखरान्युजडटकम, ५ असार –

राजमार्गका छेउमा व्यवसाय सञ्चालन गर्दै आएका एक दर्जन बढी टहरा सडक विभाग र वन कार्यालयले बल प्रयोग गरी हटाएका छन् ।

सडक तथा वनको जग्गामा व्यवसाय सञ्चालन गर्दै आएका चारआली सैनिक ब्यारेक उत्तर राजमार्ग छेउका एक टहरा हटाइएका हुन् । दुहागढी–४ को त्यस जग्गामा करिब पाँच वर्षअघिदेखि सब्जी बजार समेत सञ्चालन हुँदै आएको थियो । विभाग र कार्यालयको अनुरोधमा प्रहरी र वन रक्षक सहितको बलले टहरा हटाइएको हो । वन कार्यालयका रेन्जर राजन राईले वन अतिक्रमण गरी बनाइएका टहरा तथा पसल हटाइएको बताउनुभयो । उहाँले प्रगति सामुदायिक वनका क्षेत्रमा रहेका पसलधनीलाई आफैँ हटाउनका लागि तीन दिनको म्याद दिइएको बताउनुभयो ।

टहरा उठाउन आउँदा पसलधनीहरूले जनाए पनि उनीहरूका पक्षमा चारआली बजार व्यवस्थापन समिति, राजनीतिक दल तथा गाविसका कोही पनि थिएनन् । बजार व्यवस्थापन समितिका अध्यक्ष कुमार भट्टराईले सडक क्षेत्रका टहरा हटाउन बारम्बार सम्बन्धित पसलधनीसँग आग्रह र छलफल गर्दा सहमतिमा नआएको बताउनुभयो । गाविसका पहलमा सर्वदलीय छलफल गर्दा समेत सहमतिमा नआएपछि प्रशासनले नै हटाउनुपरेको उहाँको भनाइ छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button