पूर्व युवराज पारस खप्तडमा

पोखरान्युजडटकम, ५ असार –

पूर्व युवराज पारस शाह भ्रमणका लागि सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तड पुग्नुभएको छ ।

करिब १० दिन खप्तडमा बस्ने गरी आउनुभएका पारस डोटीको शैलेश्वरी मन्दिर दर्शन गरी झिँग्राना हुँदै खप्तड पुग्नुभएको हो । स्व राजा वीरेन्द्रले खप्तड जाँदा बस्नका लागि झिँग्रानामा बनाएको भिआइपी पाहुनागृहमा उहाँ बस्नुभएको बताइएको छ ।

उहाँका साथमा शितास्मा राज्यलक्ष्मी शाह, मित्र प्रवनजङ्ग सिंहलगायतका व्यक्ति पनि खप्तड पुगेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button