पोखरान्युजडटकम, १० असार –
लेखनाथ नगरपालिकाको बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न रु एक करोड पाँच लाखको लगानीमा विभिन्न भौतिक पूर्वाधार निर्माण गरिएको छ ।
बराह क्षेत्रमा विश्व बैँकको सहयोगमा पदमार्ग, बस्ने ठाउँ, बनभोजस्थल आदिको निर्माण गरिएको लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि आगामी आवमा पहल गरिने उहाँको भनाइ छ ।
बेगनासताल, रुपाताल संरक्ष्ण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दिनानाथ ढकालले बराह क्षेत्रमा मन्दिर निर्माण गर्न सके उक्त ठाउँ धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्नसक्ने बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution