भारी वर्षाका कारण जनकपुर डुबानमा-टेलिफोन र विद्युत् प्रसारणसमेत प्रभावित

  • पोखरा न्यूज
  • २०७३ श्रावण ६
Post Thumbnail

जनकपुर ,६ साउन –

भारी वर्षाका कारण जनकपुर उप-महानगरपालिकाका सम्पूर्ण वडाहरु  जलमग्न भएका  छन ।

पानीको निकास नभएकाले सडक जलाशयमा परिणत भएको छ भने उप-महानगरपालिकाका  २७ वटै वडाका घर घरमा पानी पसेको छ ।

मुख्य सडकमा पानी बगिरहेको छ भने गङ्गासागरबाट बगेको पानीले अधिकांश सरकारी कार्यालय डुबानमा परेका  छन ।

त्यस्तै नगरको कदम चोक, पिडारी चोक, भानु चोक, विद्यापति चोक, विश्वकर्मा चोक, विमान स्थल, माछा बजार, कटैया चोरी, नयाँ बस्ती, पुल चोक, उद्योग वाणिज्य सङ्घ, अञ्चल अस्पताल र बाह्र बिगाहालगायतका क्षेत्रमा पानी बगिरहेको छ ।

पानीले टेलिफोन र विद्युत् प्रसारणसमेत प्रभावित भएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस