कास्कीको आँकुरा भिलेजलाई विभिन्न सहयोगीहरुको सहयोग

पोखरा –

औषधि भन्दा पनि दुध पिउदा प्रतिरक्षास्तर बृद्धि – संक्रमित अधिकारी

कास्की पुरुञ्चौर टाकुरामा एचआइभी संक्रमितका लागि एचआइभी संक्रमित लक्ष्मी अधिकारीले सञ्चालन गर्नुभएको आँकुरा भिलेजलाई शुक्रवार विभिन्न संघ संस्था र महानुभावहरुले खाद्यान्न र आर्थिक सहयोग गरेकाछन्।

विगतदेखि आँकुरा भिलेजलाई विशेष सहयोग गर्दै आउनु भएका साहारा क्लव युकेका प्रमुख सल्लाहकार, रामबजार सोसाइटी युकेका सल्लाहकार, सामाजिक अभियन्ता महेश गुरुङ युकेबाट पोखरा आगमनको अवसरमा शुक्रवार सहयोगीहरु आँकुरा भिलेजमा पुगी सहयोग गरेका हुन् ।

hiv-help

आँकुरा भिलेजकी सञ्चालिका एचआइभी संक्रमित लक्ष्मी अधिकारीलाई नेपाल रेडक्रस सोसाईटी पोखरा १०, ११ का अध्यक्ष सम्मरबहादुर श्रेष्ठ, सहकोषाध्यक्ष जीवन श्रेष्ठ, रेडक्रसका विशिष्ट सदस्य भिममाया पौडेलले भिलेजका संक्रमितहरुलाई एक महिनाका लागि पुग्ने खाद्यान्नहरु चामल, दाल, तेल, चिनी, चिया, मसला, सोयाविन, चाउचाउ, नुन, पाउरोटी, फलफुल लगायतका खाद्य सामग्रीहरु सहयोग हस्तान्तरण गर्नुभएको हो ।

यसरी नै आँकुरा भिलेजमा सोलर बत्तीको व्यवस्था, संक्रमितहरुलाई दुधका लागि भैसी, फेवा वचत तथा ऋण सहकारी संस्थामा खाता खोली रकम जम्मा गरिदिनुका साथै, खाद्यान्न,लत्ताकपडा र आर्थिक सहयोगका लागि विशेष योगदान पुर्याउदै आउनु भएका साहारा क्लव युकेका प्रमुख सल्लाहकार, रामबजार सोसाइटी युकेका सल्लाहकार, सामाजिक अभियन्ता महेश गुरुङले ५ हजार, फेवा वचत तथा ऋण सहकारी संस्थाका तर्फबाट प्रमुख हरिभक्त पौडेल र सम्मरबहादुर श्रेष्ठले ५ हजार ५ रुपैया, नेपाल रेडक्रस सोसाईटी पोखरा १०, ११ का विशिष्ट सदस्य, स्वर्गीय जीवनाथ पौडेलका धर्मपत्नी समाजसेवी भिममाया पौडेलले ५ हजार, नेपाल रेडक्रस सोसाईटी पोखरा १०, ११ का सहकोषाध्यक्ष, राममन्दिर माछापुच्छ्रे महिला समुहकी उपाध्यक्ष, राममन्दिरकी कोषाध्यक्ष समाजसेवी जीवन श्रेष्ठले ५ हजार, भारतीय भूपू कल्याणकारी महिला समितिका पुर्व अध्यक्ष डिलमाया गुरुङले ३ हजार र रामबजारकी सुवाश्री गुरुङ तर्फबाट एक हजार गरी २४ हजार ५ रुपैया सहयोग अधिकारीलाई हस्तान्तरण गरिएको थियो । यसरी नै साहारा क्लव युकेका पुर्व अध्यक्ष नविन गुरुङले पठाउनुभएको कपडा समेत हस्तान्तरण गरिएको थियो ।

हाल ६ जना संक्रमित बालबालिकाको अभिभावकत्व प्रदान गरिरहनु भएकी लक्ष्मी अधिकारीले विगतमा सामाजिक रुपमै बहिष्कृत भएको पिडा सुनाउदै अहिले सबैको साथ सहयोग, माया ममताले आफुलाई अत्यन्तै प्रोत्साहन मिलेको भन्दै सहयोगीहरुलाई धनयवाद व्यक्त गर्नुभयो । उहाँले दुहुना भैसी महेश सरले किनीदिनुभएपछि एचआइभी एड्स संक्रमितले प्रयोग गर्दै औषधिले भन्दा धेरै उपचार पाएको बताउनुभयो । स्वस्थ्य मानिसमा सिडीफोर १५ सय हुनेमा आफुमा २ सय मात्रै रहेको र एचआइभीको औषधिले ४ पुर्याएकोमा सक्रमित आफु लगायत बालबालिकाले दुध, मोही खाना पाउदा आफ्नो सिडिफोर अहिले ९ सय पुगेको भन्दै खुशी व्यक्त गर्नुभयो । औषधिले भन्दा पनि दुध पिउन पाउदा प्रतिरक्षात्मक क्षमताकोस्तर सिडिफोर बृद्धि हुदा आफुहरु अत्यन्तै हर्षित भएको अधिकारीले बताउनुभयो ।

साहारा क्लव युकेका प्रमुख सल्लाहकार, रामबजार सोसाइटी युकेका सल्लाहकार, सामाजिक अभियन्ता महेश गुरुङको पहलमा आँकुरा भिलेजमा करिब ५० हजार मुल्यको सोलर बत्तीको व्यवस्था, संक्रमितहरुलाई दुधका लागि ८५ हजार रुपैयाको भैसी खरिद र फेवा वचत तथा ऋण सहकारी संस्थामा खाता खोली ६७ हजार रकम जम्मा गरिदिनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button