पोखरा –
कास्कीको उत्तरपश्चिर्मे अन्नपूर्ण ट्रेकमा पर्ने तोल्का ८ लुम्लेमा बृहत खेलकुद कार्यक्रम शुरु भएको छ ।
तोल्का ८ लुम्लेमा रहेको देउराली युवा क्लवले आफ्नो १३ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत खेलकुद कार्यक्रम बुधवारबाट शुरु भएको हो । सो समारोहको उद्घाटन गर्दै स्थानिय समाजसेवी हरिमान गुरुङले क्लवले आफ्नो वार्षिकोत्सवका अवसरमा खेलकुद कार्यक्रमको आयोजना गरी युवाहरु बीच आपसी भाइचाराको सम्बन्ध कायम गर्न ठूलो भुमिका खेलेको वताए । आगामी वर्षमा हुने खेलकुद प्रतियोगितामा प्रथम पुरस्कारको आफुले प्रायोजन गर्ने समेत उनले प्रतिवद्धता ब्यक्त गरे ।
सो अवसरमा वोल्दै नया शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य तथा पूर्व राष्ट्रिय भलिवल खेलाडी देवी सुवेदीले युवाहरुले खेलकुदबाट नै आफुलाई राष्ट्रदेखि अन्तराष्ट्रिय स्तरसम्म चिनाउन सक्ने भएकाले खेलकुद प्रति युवाहरुले चासो देखाउनुपर्नेमा जोड दिए ।
क्लवका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्लेका सभापति केदार देवकोटा, माओवादी केन्द्रका अध्यक्ष लक्ष्मण देवकोटा, राष्ट्रिय युवा अभियानका केन्द्रिय सदस्य मनोज ढकाल, विद्यार्थी नेता नेत्र चापागाइ, सीएमसी लुम्ले गाविसका अध्यक्ष घनश्याम चापागाइ, पूर्व भलिवल खेलाडी तथा युवा नेता कुमार गुरुङ, क्युप्चे बराह युवा क्लवका सचिव कमल गुरुङ, बरिष्ठ समाजसेवी प्रेम बहादुर गुरुङ, वरिष्ठ समाजसेवी प्रमानन्द पौडेल, वडा नागरिक मन्च लान्दु्रकका संयोजक बुद्धि प्रसाद गुरुङ, तोल्का आमा समुहका सचिव छम माया थापा, वडा नागरिक मन्च तोल्का संयोजक केशबराज दुरा लगायतले कार्यक्रमको सफलताको कामना सहित मन्तब्य राखेका थिए ।
कार्यक्रम सफल बनाउनका लागी सुमन गुरुङ युके, क्वीन्स गोर्खा सिंगल, होम बहादुर बिक साउदी अरेबियाले सहयोग गरेको छभने कार्यक्रमको सफलताका लागी नया शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई, नया शक्ति पार्टी नेपाल राष्ट्रिय अभियानका संयोजक कमल शाही, जिल्ला संयोजक रेशम योगी, धन प्रसाद गुरुङ युके, मन प्रसाद गुरुङ युके, बीर बहादुर गुरुङ युके, शम्भू गुरुङ युके, सुमन गुरुङ युके, अज्जु भाइ मुम्बइ इन्डीयाबाट इमेलमार्फत शुभकामना ब्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गरेका थिए ।
क्लवका सचिव चेत बहादुर बिकले कार्यक्रम सञ्चालन गरेका थिए । यसैविच बुधबार सम्पन्न खेलमा भिचुक बी ले तान्चोक लाई २५ १८ र २५ २२ को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको खेल संयोजक मिलन गुरुङले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution