पोखराका मुख्य तीन ठाँउमा छठ पूजा गर्ने तयारी सुरु

  • पोखरा न्यूज
  • २०७३ कार्तिक १९
Post Thumbnail

पोखरा –

यस बर्षको छट पुजा पोखरामा मुख्य तीन ठाँउमा धुमधामका साथ मनाउने तयारी सुरु भएको छ ।

भगवान सुर्यका भक्तहरुले मनाईने यस पर्वको अवसरमा पोखराको केदारेश्वर महादेवमणि मन्दिर, नारायणस्थान मन्दिर र रिट्टेघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनारामा छट पुजा मनाउन तयारी सुरु भएको छट पुजा समितिहरुले जनाएका छन ।

केहि बर्ष देखि पोखरामा व्यबस्थीत रुपमा छठ पर्व मनाउन थाले पछि यस पर्वमा पोखरामा पनि छुट्टै रौनक हुदै आएको छ । विगतका बर्ष देखि छठ पुजा पोखराका विभन्नि स्थानमा मनाउदै आएको भए पनि गत बर्ष देखि त्रिवेणी धाम (कालिखोला) मा पनि धुमधामका साथ यो पर्व मनाउदै गरेको त्रिवेणी घाट छठ पुजा समितिका अध्यक्ष एवं प्राध्यापक देवनारायण सुतीहारले बताए ।

छठको पुजा गर्न पुजा स्थालका घाटहरुमा केराको खाम सहितको सजिसजावट भई झिली मिली पार्ने तरखर गरीएको उनले जनाए । पोखरामा पछिल्ला बर्ष देखि मधेषि, तराई तथा केहि पहाडी मुलका मानिसहरुले समेत छठ पर्व मनाउन थालेका छन । छठको पहिलो दिनमा उनीहरुले आ–आफ्नो घर घरमा सरसफाई गरी नुहाएर चोखो मिठो खाएर छठ पर्व मनाउने गर्दछन । पोखरामा व्यवस्थीत रुपमा छठ पुजा गर्न थाले पछि पहाडी मुलका मानिसहरुले समेत छठ पुजा गर्न थालेको अध्यक्ष सुतीहारले बताए । उनीहरुले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका वोटहरु सजावट गरेका छन । सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ उनीहरु पुजा आज गर्न जुट्ने गर्दछन ।

मधेषि तथा तराई मुलका मानिसहरुको महान चार्ड छठ पर्व पोखरामा मनाउन थाले पछि पछिल्लो क्रममा करीब ७५ प्रतिशत छठीमायीका भक्तहरुले पोखरामै पुजा आज गर्न थालेको सुहारले जनाए । सष्ठीमा अस्ताउदो सुर्यलाई अर्घ दिने गरीन्छ भने विभिन्न फलफुल, कन्दमुल, ठेकुवा, कसार लगायतका सामाग्रिको साथमा सुर्यका भक्तहरुले पुजा गर्ने गर्दछन । सप्तमीमा भने उदाउदो सुर्यलाई अर्घ दिने प्रचलन रहेको छ । छष्ठीमा नेपाल सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ । सुर्यका भक्तहरुले सष्टीको दिनमा कार्तिक २१ अस्ताउदो सुर्यलाई अर्घ दिई यो पर्व मनाउदै छन भने भोलि शनिबार व्रत वस्ने (खडना) गर्दछन । सुक्रबार भने सुर्यका भक्तहरुले सरसफाई गरी चोखो खाना खाएका हुन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस