पोखरा –
पोखरा २५, पुम्दी भुम्दी अनदु डाँडामा रहेको विश्व शान्ति स्तुपामा शनिबार विश्व शान्तिको कामना सहित शान्ति पुजा गरीएको छ ।
विश्वमा शान्तिको कामना सहित बौद्ध गुरुहरुबाट शनिबार १७ औं बार्षिक पुजा तथा सम्मान कार्यक्रम आयोजना गरीएको विश्व शान्ति स्तुपा समितिका सचिव उत्तममान बुद्धचार्यले बताए । विश्व शान्ति पुजामा सहभागि हुदै उद्योग मन्त्री नविन्द्रराज जोसीले पोखरा र पोखरा आसपासको क्षेत्र अतिरमणित भएकोले यो प्राकृतिक क्षेत्र संसारकै उत्कृष्ट गन्तव्य भएको बताए । विश्वलाई परिवर्तन गराउन बुद्ध दर्शनले पनि महत्वपुर्ण भुमिका खेल्ने बताउदै मन्त्री जोशीले भगवान गौतम बुद्ध नेपामा जन्मेका हुन भन्ने सन्देश विश्व सामु पुराएर नेपालले धेरै पर्यटकहरुलाई आकषर्ण गर्न सक्ने दाबी गरे ।
उनले भने“ मैले सोचेको भन्दा धेरै राम्रो दृश्य आज विश्व शान्ति स्तुपाबाट देख्न पाए, यहाँको रमणित वातावरणले गर्दा मलाइ प्रफुल्ल पार्यो । ” पोखरामा धेरै सम्भावना भएको बताउदै मन्त्री जोशीले भने “पोखरालाई अब पोखरेलीहरुले पर्यटन उद्योगमा मात्र केन्द्रीत नभई कृषि, उर्जा, जडिवुटि लगायतको क्षेत्रमा पनि केन्द्रीत हुनुपर्दछ। ” नेपाल सरकारले वन्द भएका उद्योगहरुलाई पुनः संचालन गर्ने रणनिति अनुसार हेटौंडाको कपडा उद्योग कारखानालाई छिट्टै संचालनमा ल्याउने बताए । उनले भने “ आर्मी, पुलिस, स्कुल लगायतका क्षेत्रको लागि पहिला पोसाक वनाउने गरी सरकारले हेटौंडाको कपडा उद्योगलाई छिट्टै संचालन गर्दै छ । ” प्रत्येक नागरीकलाई उद्यमी वनाउन सके देशको आर्थिक समृद्धि हुने दाबी गर्दै उनले अबको एक दशकमा नेपालबाट रोजगारको लागि कुनै पनि युवा शक्तिलाई बाहिर पठाउन नहुने जनाए । लुम्बिनी विकास कोषका उपाध्यक्ष निग्रोध ले पोखरामा हुने शान्ति पुजाले संसारको ध्यान आकषर्ण गर्ने गरेको बताउदै संसारको गन्तव्यको रुपमा पोखरा सहित शान्ति स्तुप पर्न थालेको जनाए । जापानीजबाट नेपालले धेरै कुरा सिक्नु पर्ने बताउदै उनले भने “गत बर्ष भूकम्प र नाकावन्दीले गर्दा हामीले लुम्बिनीमा धेरै विकास निमार्ण गर्न सकेका थिए ।
समितिका अध्यक्ष प्रकाशमान गुभाजुको अध्यक्षतामा सम्पन्न भएको शान्ति पुजामा स्थानीय खेमराज पौडेल, समितिका उपाध्यक्ष शंकर गुरुङ, सचिव उत्तममान बुद्धचार्य लगायतले वोलेका थिए । विश्व शान्ति स्तुपा पहिरोले गर्दा मर्मत गर्दा सहयोग गर्ने दाताहरुलाई सम्मान पत्रले सम्मान समेत गरीएको थियो ।
यसै बिच, धार्मिक तथा पर्यटकीय स्थल विश्व शान्ति स्तुपा को संरक्षणको लागि गरीएको अभियान करीब ९० प्रतिशत काम पुरा भएको शान्ति स्तुपा संरक्षण परियोजनाका कोषाध्यक्ष शंकर गुरुङले बताए । २०७१ भदौं ८ गते आएको पहिरोले गर्दा विश्व शान्ति स्तुपा उच्च जोखिममा पारे पछि उक्त पहिरोमा पर्खाल लगाउन करीब एक करोड ४६ हजार २३ हजार ४ सय ६ रुपैया खर्च भएको गुरुङले जनाए। उनका अनुसार पहिरो गएको दुई साता पछि पहिरो रोकथामको लागि सुरु भएको अभियानमा विभिन्न दाताहरुले हालसम्म १ करोड ४७ लाख ६७ हजार ४ सय २३ रुपैया संकलन भएको छ ।
फोटो – डी.एन.बी
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution