सिटी रेवानको महोत्सवमा भोली निनान्द व्याण्ड आउदै

पोखरा-

पोखरामा विहिबार देखि सुरु भएको सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ जारी छ । पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियसन (पोखरा सिटी रेवान) कास्कीको आयोजनामा भएको महोत्सवमा चौथो दिन आज लोकदोहोरी तर्फ आधादर्जन कलाकारको साँगितिक प्रस्तुती राखेका छन ।

आईतवार प्रजापती पराजुली, जानकरु तारमी मगर, राजन कार्की, मञ्जु विक, गगन गुरुङ, टेक क्षेत्री र पुजा तामाङ लगायतका गायक गायिकाहरुले दर्शकलाई नचाए ।  त्यस्तै पप कन्सर्ट तर्फ डिजे उमेश, डिजे सनिस, डिजे ससपोईजन लगायतको प्रस्तुती मा दर्शकहरु झुमेका थिए ।

सोमवार लोकदोहोरी तर्फ प्रजापति पराजुली, लाली वुढाथोकी,धनश्यामरिजाल, दुर्गा गुरुङ, कृष्ण गुरुङ, अमरधिताल लगायतका कलाकारहरुको साँगितिक प्रस्तुति रहने आयोजकले बताएको छ ।

त्यस्तै पप कन्सर्ट तर्फ चर्चित निनान्द व्याण्डका आशिश दास दियाली, ववी सुनार, अलविन थापा,र निशा गुरुङ को प्रस्तुती रहने छ । भने एस के डान्स स्कुलको तर्फवाट आकर्षक नृत्य प्रस्तुत हुने पप कन्सर्ट संयोजक जिवन गुरुङले जानकारी दिएका छन ।

मंसिर १२ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने पाँचौं संस्करणको उक्त महोत्सवमा बैंकीङ, लक्ता कपडा, सुचना प्रविधि, रेष्टुरेण्ट लगायतका एक सय ४ वटा स्टलहरु रहेको पोखरा सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्याले बताए । महोत्सवको शनिवार सम्म २३ हजार भन्दा धेरै दशकले अवलोकन गरिसकेका छन ।

महोत्सवलाई थप आकर्षण बनाउन अन्तर समाज दोहोरी गीत, ढिडो खाने प्रतियोगिता, पप कन्सर्ट, राष्ट्रिय चर्चित हाँस्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेरसम्मका एकल महिला नृत्य र रत्यौली प्रतियोगिताको आयोजना गरिने पाध्यले जनाए ।

महोत्सव ८० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि ३९ लाख ८५ हजार खर्च हुने र ४४ लाख ५५ हजार आम्दानी हुने अनुमान गरिएको महासचिव दिपक तिमिल्सिनाले बताए। महोत्सवबाट बचेको रकमबाट १० प्रतिशत पर्यटन प्रवद्र्धन र पाँच प्रतिशत असहाय बालबालिकाको लागि सहयोग गर्ने उनले जनाए ।

नेपाल सम्वत ११३७ को अवसरमा पोखरामा जारी सटी रेवान महोत्सव तथा फुड फेस्टीवलमा ११३७ वटा अण्डाको एउटा अम्लेट पकाईने भएको छ । महोत्सवका अण्डा फुलवारी संयोजक सागर लुईटेलका अनुसार महोत्समा आकषर्णको रुपमा मंसिर ११ गते शनिबार उक्त अण्डा एउटै भाडामा पकायर उक्त अम्लेट दर्शकहरुलाई वितरण गरीने छ ।

उक्त महोत्सवमा अवलोकन गर्न जाने दर्शकलाई नेपाल टेलिकमबाट प्रदान हुने प्रिपेड मोवाइलको सिम कार्ड निशुल्क प्रदान गरीदैछ । महोत्सवको प्रबेस शुल्क ८० रुपैया रहेको छ भने उक्त सिम कार्डमा ५० रुपैया व्यालेन्स हुने छ । उक्त सिमकार्ड लिनको लागि दर्शकले आफ्नो परिचय खुल्ने नागरीकताको वा कुनै परिचयपत्रको फोटोकपि र पासवोर्ड साइजको फोटो साथमा लैजानु पर्ने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button