पोखरा –
पोखराको वाराही सहकारी संस्थाका अध्यक्ष दुर्गा प्रसाद गुरुङले फलफुल तरकारी तथा व्यापारमा लगानी गर्न आग्रह गरेका छन ।
नवनिर्वाचित नयाँ कार्यसमितिको परिचयात्मक कार्यक्रममा बोल्दै उनले देशमा आर्थिक समृद्धिको लागि सहकारीहरुमा भएको थोरै तथा सानो पुंजलाई व्यावसायीक रुपमा फलफुल तरकारी तथा व्यापारमा लगानी गर्न आग्रह गरेका हुन । उनले भने “ पछिल्लो क्रममा धेरै पुंजी विक्तिय संस्थामा थुप्रिन लागेको छ, यसले आर्थिक कृयाकलापलाई चलायमान वनाउदैन । ”
कार्यक्रममा सल्लाहकार हरी प्रसाद गुरुङ, कृष्णराज ढुंगाना, प्रकाशचन्द्र गुरुङ, भोजराज घिमिरे, लेखा समितिका संयोजक दिनवन्दु गौतम, सचिव एकदेव बराल, व्याबस्थापक नारायण पहारी लगायतले संस्थाको विकासको लागि पुंजी बढाउने गरी काम गर्न आग्रह गरेको संस्थाका सदस्य हेमराज पहारीले बताए ।