लेखनाथका दुई संस्था कर दिवसमा सम्मानित

आयकरमा  चुहावट धेरै छः मुल्मी
पोखरा –

पाँचौ राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार पोखरामा लेखनाथका दुई वटा संस्था सहित गण्डकी धौलागिरीका गरी ११ वटा संस्था सम्मानित भएका छन ।

kar-diwasसम्मानित हुनेहरुमा कास्कीको लेखनाथ स्थित कालिका गाविसमा रहेको टाईगर माउण्टेन प्रा.लि. र कास्कीबाटै संस्थागत रुपमा कर प्रशासन, कर सचेतना तथा सहभागिता तथा संचालन सहयोग पुराउने संस्था मध्य लेखनाथ उद्योग बाणिज्य संघ उत्कृष्ट करदातको रुपमा सम्मानित भएको हो ।

आन्तरिक राजश्व कार्यालय पोखराले पाँचौ राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक बर्ष २०७१÷०७२ मा उत्कृष्ट कर सहभागिता जनाई बढी कर दाखिला गर्ने करदाता मध्य कास्की जिल्लाबाट टाईगर माउण्टेन (होटल) उत्कृष्ट करदाताको सुचिमा पर्न गएको भन्दै मंगलबार पोखरामा सम्मान गरेको हो । वेलायतका मार्कस अलेक्जेन्डर चाल्स कटनले विगत १८ बर्ष देखि संचालन गर्दै आएको उक्त होटलमा हाल १८ वटा रुम रहेको होटलका लेखा तथा प्रशासकीय प्रवन्ध ईश्वर वस्नेतले जनाए । नेपालमा होटल संचालन गरी सरकारी निकायबाट सम्मानित हुन पाउदा आफु निकै खुसि लागेको बताएका अलेक्जेन्डरले नेपालमा धेरै संघ संस्थाहरुले स्वच्छ ढंगले कर तिर्न सके नेपालको आर्थिक विकासमा धेरै सहयोग पुग्ने बताए ।

marksत्यस्तै उत्कृष्ट करदाता संस्थाबाटै पर्वत उद्योग बाणिज्य संघ पनि सम्मानित भएको छ । त्यसै गरी जिल्ला गत रुपमा तनहँुबाट उत्कृष्ट करदातामा गण्डकी ट्रेड सप्लायर्स, स्याङजाबाट कालिका माईक्रो त्रेडिड डेभलपमेन्ट बैंक लिमिटेड, बागलुङबाट जय कालिका भगवती निमार्ण सेवा प्रा.लि., मुस्ताङबाट अमित बिल्डर्स, लमजुङबाट कृषक जागरणबचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोर्खाबाट मनास्लु बिकास लिमिटेड, पर्वतबाट नमुना आवासिय माध्यमिक बिद्यालय पर्वत प्रा.लि. र म्याग्दीबाट श्री कुमारी बहुउद्धेश्य सहकारी संस्था लिमिटेड सम्मानित भएका हुन । कार्यालयका नायव सुव्वा रविन्द्र विक यस बर्षको उत्कृष्ट कर्मचारी घोषित हुदै सम्मानित भए । कर सप्ताह समापन कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनाली र आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख लेखनाथ शर्माले सम्मानपत्रको साथमा अविर लगायर सम्मान गरेका हुन ।

laxmi

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मैनालीले कर छल्ने प्रवृत्तिले गर्दा यसमा प्रशासन मात्र नभई निजी क्षेत्र उद्योग बाणिज्य संघहरुले क्षेत्र क्षेत्रमा सहयोग गर्न आग्रह गरे । उनले भने “ विकासको साझेदारीको रुपमा रहेको उद्योग बाणिज्य संघले कर तिर्ने वातावरण सृजना गर्न व्यवसायीहरुसंग आग्रह गर्नु पर्दछ । ”

नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले आयकरमा धेरै चुहावट भएको दाबी गरे । उनले भने “आयकरमा धेरै लुप होल छन, धेरै कर छल्ने, ठक्ने प्रवृत्ति छ, कर चोरी, ठगि हुने गरेको विभिन्न कुराले देखिएको छ । ” करको केहि दायरा बढाएसंगै त्यसको राम्रोसंग समय समयमा अनुगमन, मुल्याङकन समेत गर्न उनले आग्रह गर्दै अझै पनि करको दायरा बढाउन नसकिएको गुनासो गरे । उनले भने “अझै पनि करीब ३५ प्रतिशत जसो अनौपचारीक रुपमा अर्थतन्त्र तस्करी, गुण्डागर्दै, अपराध, फिरौती जस्ता कृयाकलापबाट गुज्रिराखेको छ, यसलाई राज्यले औपचारीक रुपमा लैजानु पर्छ । ” संघिय प्रदेश ४ मा रहेको यस क्षेत्रमा हाल उठेको राजश्व निकै कम भएको बताउदै उनले करको दायरा अझै बृद्धि गरी कर मैत्रि वातावरण सृजना गर्नु पर्ने बताए ।

आन्तरिक राजश्व कार्यालय पोखराको अगुवाईमा मंसिर १ देखि ७ गतेसम्म पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी कर दिवस मनाएको हो । कार्यक्रममा नेपाल अडिटर्स एशोसियसन कास्कीका अध्यक्ष राजेन्द्र प्रसाद पौडेल, सम्मानित संस्था लेखनाथ उद्योग बािणज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, अमित विल्डर्सका प्रेम बहादुर तुलाचन, पोखरा उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष रविन्द्र बहादुर प्रजु, कर अधिकृत विजय लामिछाने, सुनिल देवकोटा लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button