पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ्ग अध्ययन संस्थानमा अझै ताला खुृलेन

  • पोखरा न्यूज
  • २०७३ मंसिर ९
Post Thumbnail

पोखरा –
पोखराको लामाचौर स्थित पश्चिमाञ्चल इन्जिनियरिङ्ग अध्ययन संस्थानमा विद्यार्थीले लगाएको तालावन्दी अझै सम्म खुलेको छैन ।

नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले विभिन्न १० वुँदे माग गर्दै आईतवारदेखि अनिश्चितकालिन तालावन्दी गरेका थिए ।

नेविसंघ संस्थानका नेता आदर्श लामिछानेका अनुसार विभिन्न समयमा शैक्षिक हक अधिकार र क्याम्पस सुदृढिकरणका विषयमा माग गर्दै आएपनि क्याम्पस प्रशासन मौन वसेकोले बाध्य भएर विद्यार्थीहरुले तालावन्दी गरेका हुन् ।

यस्तै अखिल क्रान्तिकारीका संस्थानका अध्यक्ष शंकर गौतमले तालावन्दीले आफूहरुको मागका विषयमा सुनुवाई नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए।
यसैबीच नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानुभक्त ढकालले पश्चिमाञ्चल इन्जिनियरिङ्ग अध्ययन संस्थानमा देखिएको समस्या तत्काल समाधानतर्फ लाग्न सबै पक्षसंग आग्रह गरेका हुन् ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दैै नेता ढकालले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गरि पढाइ सुचारु गर्न आग्रह गरेका छन् ।
उनले विद्यार्थी नेताहरुलाई जिम्मेवारीका साथ अघि बढ्न र क्याम्पस प्रशासनले विद्यार्थीका जायज माग पूरा गर्न तत्पर भएर क्याम्पसमा सौहार्दपूर्ण वातावरण तयार गर्नेतर्फ लाग्न्ुपर्नेमा जोड दिए ।

विद्यार्थीले आन्दोलन शुरु गरेको ५ दिन वितिसक्दा समेत क्याम्पस प्रशासन मौन बसेको भन्दै नेता ढकालले विद्यार्थीका जायज माग पूरा गर्नतर्फ अग्रसर हुन क्याम्पस प्रशासनसंग आग्रह गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस