क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरा मुलुककै सर्वोत्कृष्ट

 पोखरा –

नेपाल रेडक्रस सोसाईटी कास्कीद्धारा सञ्चालित क्षेत्रीय रक्त सञ्चार केन्द्र, पोखरा मुलुककै सर्वोत्कृष्ट घोषित भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, रक्त सञ्चार व्यूरोले रक्त सञ्चार सेवाको क्षेत्रमा पु¥याएको योगदानको मुल्यांकनमा ब्यूरोले निर्दिष्ट गरेका सम्पूर्ण मापदण्डहरु अवलम्बन गरेको भन्दै कदर पत्र प्रदान गरेको हो । राजधानीमा आयोजित एक कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्रमुख ध्रुव लामिछानेले कदर पत्र ग्रहण गरेका छन् । रेडक्रस कास्कीका मन्त्री कृष्ण तिमिल्सीनाले सर्वोत्कृष्ट भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा केन्द्रलाई प्रविधि र गुणस्तरीयतालाई अझ ध्यान दिने बताए ।

वि.स.२०३५ सालमा विकल शेरचन लगायत ८ जनाले पहिलो पटक रक्तदान गरेका थिए । हाल यस क्षेत्रमा संकलन गरिएको रगत काठमाडौ, चितवन, बुटवल लगायतका क्षेत्रमा पनि पठाइने गरिएको रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति वामदेव ढुङ्गानाले जानकारी दिए ।

बढ्दो जनचेतनासँगै यस क्षेत्रमा रक्तदान गर्नेको सङख्या पनि बढ्दै गएको छ । हाल वार्षिक रुपमा करिब १६ हजार युनिट रगत संकलन हुने गरेको छ । कास्की शाखाका कोषाध्यक्ष एवम् स्वास्थ्य समितिका संयोजक धर्मराज अधिकारीले केन्द्रमा रगतको माग दिनप्रति बढ्दै गएको बताए । क्षेत्रीय रक्तसञ्चार केन्द्र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button