पोखरा-
उर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पोखरामा सम्मानित भएका छन् ।
पश्चिमाञ्चल होटल संघ पोखराले उनिहरुलाई शुक्रबार पोखरामा सम्मान गरेको हो । लोडसेडिङ हटाउने अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्री शर्मा र निर्देशक घिसिङलाई संघ र समग्र पर्यटन व्यवसायीको तर्फबाट सम्मान गरिएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।
सम्मान कार्यक्रममा बोल्दै मन्त्री शर्माले काठमाडौं उपत्यका जस्तै देशै भरि लोडसेडिङ मुत्त गर्ने अभियानमा मन्त्रालय र समग्र प्राधिकरण लागेको जानकारी दिए । उनले घोषणा नभए पनि पोखरामा समेत लोडसेडिङ नभएको बताए । नेपाल छिटै भारतबाट विद्युत आपूर्ति गर्ने नभई यही आबश्यक मात्रा उत्पादन गरेर विजुलीमा आत्मनिर्भर बन्ने पनि उनले बताए ।
जनताकै लगानीमा ठूला आयोजना निर्माण गर्न योजना बनाउने काममा समेत उर्जा मन्त्रालय लागेको उनले मन्त्री शर्माले सुनाए । यो अभियानलाई आफूहरुले उज्यालो नेपाल तिरको यात्रा नाम दिएको उनले बताए ।
कसैले दबाव दिंदैमा मुद्दा हाल्दैमा आफू नेपाललाई उज्यालो बनाउने अभिायनबाट पछि नहट्ने भन्दै कतिपय क्षेत्रबाट घुस खाएको आरोप आफूमाथि लगउँदै आए पनि त्यसले आफूलाई केही फरक नपर्ने भनाई उनको थियो । यो सरकार परिवर्तन भएर आफू मन्त्री नरहे पनि प्राधिकरणमा एउटा प्रणाली बसाएर आफू बाहिरिने उनले विश्वास दिलाए ।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले नेपालमा लोडसेडिङ मुक्त अभियान संचालनमा आफू एक्लैको नभई मन्त्री लगायत मन्त्रालय र प्राधिकरणको ठूलो भूमिका रहेको बताए । इच्छाशक्ति र दृढता भए राम्रा काम गरेर देखाउन सकिने भनाई उनको थियो ।
संघका अध्यक्ष पराजुलीले लोडसेडिङ हट्दा राष्ट्रको अर्बौं रुपैयाँ बचत भएको र जेनेरेटर नचल्दा प्रदूषण पनि न्युन हुन पुगेको भनाई राखे । मन्त्री शर्मा र समग्र प्राधिकरणको अभियानमा आफूहरु साथ दिन तयार रहेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय पर्यटन परिषद्का सदस्य बासुदेव त्रिपाठी, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्नी कँडेल, पीटीआरसीका संयोजक गणेशबहादुर भट्टराई, संघका सल्लाहकारहरु गोविन्दराज पहारी र लक्ष्मी बहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापा, टान पश्चिमाञ्चलका अध्यक्ष दीपक राज अधिकारी, नाट्टा पोखराका अध्यक्ष दिलु गौतम, रेवान पोखराका पूर्व अध्यक्ष गोपिवहादुर भट्टराई, टेसा पोखराका अध्यक्ष नारायणप्रसाद सुवेदी र एगा पोखराका तर्फबाट पनि भनाई राखिएको थियो । कार्यक्रमको संचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution